सर्लाहीमा प्रतिनिधिसभा निर्वाचन : करिब ६० प्रतिशत मतदान,सर्वदलीय बैठकको निर्णय पछि मतगणना गरिने
मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन २१
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा जिल्लाभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार सर्लाहीका चार निर्वाचन क्षेत्रमा रहेका ५ लाख ११ हजार ६०६ मतदातामध्ये आधाभन्दा केही बढी मतदाताले मतदान गरेका छन्। सबै मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मात्र खसेको मतको यकिन विवरण सार्वजनिक गरिने उनले बताए।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भए पनि केही स्थानमा सामान्य विवादका कारण केहीबेर मतदान रोकिएको थियो। क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–४ जब्दीस्थित प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबीच विवाद हुँदा केही समय मतदान अवरुद्ध भएको थियो। प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित सुरक्षा अधिकारीको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि पुनः मतदान सञ्चालन गरिएको थियो।
यसैगरी बसबरिया गाउँपालिका–भवानीपुरस्थित जनता मावि मतदान केन्द्रमा पनि बिहान दलका प्रतिनिधिबीच सामान्य विवाद हुँदा केही समय मतदान रोकिन पुगेको थियो। तर ती दुई स्थानबाहेक जिल्लाभरका ६२८ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर बस्ने छ भने बैठकले नै मतगणना कति बजेदेखि सुरु गर्ने भनी निर्णय गर्ने छ । मतगणनास्थलहरूमा तारजाली, सुरक्षा व्यवस्था र सीसी क्यामेरा जडान गरेर तयारी पूरा गरिएको छ।
चार निर्वाचन क्षेत्रमा मतगणनाका लागि स्थान यसप्रकार तोकिएको छः
क्षेत्र नं. १ – लालबन्दी–१० चन्द्रपुरस्थित वडा कार्यालय
क्षेत्र नं. २ – मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हल
क्षेत्र नं. ३ – हरिवनस्थित नापी कार्यालय
क्षेत्र नं. ४ – गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय
मतपेटिका सबै केन्द्रबाट संकलन गर्न समय लाग्ने भएकाले अधिकांश स्थानमा मध्यरातसम्म मतपेटिका बुझ्ने कार्य जारी रहने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको
No comments:
Post a Comment