Translate

Thursday, March 19, 2026

१७० परिवारले पाए गाउँब्लक जग्गाको लालपुर्जा, जीवनमा नयाँ अवसर खुल्यो

 


मधेशदूत समाचारदाता----
सर्लाही, चैत ६

    सर्लाहीको ईश्वरपुर नगरपालिका-१० स्थित बेला र खैरा गाउँका १७० परिवारले  वर्षौंदेखि प्रतिक्षित गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन्।
   वर्षौंदेखि बसोवास गर्दै आएका यी परिवारले नापी कार्यालय मलंगवाको लामो प्रयासपछि  आफ्नो जग्गामा कानुनी हक प्राप्त गरेका छन्। स्थानीय वासिन्दाले बस्तीमै पुगेर नगरप्रमुख मनोजकुमार आचार्य, भूमि समस्या समाधान आयोगका अध्यक्ष मदनबहादुर विश्वकर्मा, नापी कार्यालय प्रमुख सुमनकिशोर मिश्र र वडाध्यक्ष राशनारायण चौधरीबाट लालपुर्जा प्राप्त गरेका छन् ।
   लालपुर्जा पाएपछि उनीहरू खुशी र दङ्ग परेका छन्। अब उनीहरूले आफ्नो जग्गा कानुनी रूपमा किनबेच गर्न, बैंकमा धितो राखेर ऋण लिन र घर सुधार वा व्यवसाय विस्तार गर्न सक्ने भएका छन्।
   भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष विश्वकर्माका अनुसार, अझै २०० परिवार त्यहाँ बसोवास गरिरहे पनि लालपुर्जा पाउन बाँकी रहेका  छन्। आगामी चरणमा उनीहरूलाई पनि प्रक्रिया पूरा गरी लालपुर्जा उपलब्ध गराउने योजना छ।
    गत वर्ष पनि ईश्वरपुर न.पा वडा न- ११ मा यसैगरी गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको थियो, जसले स्थानीय वासिन्दाको जीवनस्तर सुधार्न मद्दत गरेको थियो।

No comments:

Post a Comment