Translate

Thursday, March 19, 2026

मलंगवामा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको यान्त्रिक परीक्षण

  


मधेशदूत समाचारदाता----
 सर्लाही, चैत ६

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले मलंगवामा दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको यान्त्रिक परीक्षण गरेको छ।
ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय मलंगवाका इन्जिनियरसहितको विशेषज्ञ टोलीले बिहीबार सर्लाहीबाट सञ्चालन हुने लामो र छोटो दूरीका बस, म्याजिक र स्कूल बसहरूको यान्त्रिक अवस्था जाँच गरेको हो।
   जाँचका क्रममा १९ वटा बस, ३५ वटा म्याजिक र ९ वटा स्कूल बसको परीक्षण गरिएको थियो। केही सवारीसाधनको अवस्था ठीक नभएको देखिएपछि विशेषज्ञहरूले मर्मतका लागि सुझाव दिएका छन्।
   जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक अशोक साहले सवारीसाधनको सुरक्षाका लागि नियमित जाँच र मर्मत आवश्यक रहेको बताए। उनले भने, “पुरानो र जिर्ण अवस्थामा रहेका सवारीसाधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्छ, त्यसैले यान्त्रिक परीक्षण गरिएको हो।”
  साहले आगामी दिनमा पनि यस्ता परीक्षण निरन्तर सञ्चालन गरिने मधेशदूतलाई जानकारी दिएका छन्।

No comments:

Post a Comment