Translate

Saturday, March 28, 2026

मलंगवामा मासु पसलमा अनियमितताको आशंका, अनुगमन तीव्र

 



मनोज यादव---
सर्लाही, चैत १५

    सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–०९ स्थित मास गलीमा रहेका मासु पसलहरूमा अनियमितता भएको आशंका गरिएको छ।
    मासुमा पम्पमार्फत हावा भर्ने, पानी मिसाउने तथा तराजुमा गडबडी गर्ने जस्ता क्रियाकलाप भएको गुनासो आएपछि अनुगमन गरिएको छ।
वडा अध्यक्ष चन्देश्वर रायको नेतृत्वमा सुरक्षा निकायसहितको टोलीले उक्त क्षेत्रमा रहेका मासु पसलहरूको स्थलगत अनुगमन गरेको छ।     
     अनुगमनका क्रममा पसलहरूमा प्रयोग भइरहेको तौल मापन यन्त्र तथा मासुको गुणस्तरबारे जाँच गरिएको जनाइएको छ।
स्थानीय उपभोक्ताहरूले मासुमा कृत्रिम रूपमा तौल बढाउने र उपभोक्तालाई ठगी गर्ने कार्य भएको आरोप लगाउँदै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
   अनुगमन टोलीले शंकास्पद गतिविधि देखिएका पसलहरूलाई सचेत गराउँदै आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, बजार अनुगमनलाई निरन्तरता दिइने र उपभोक्ताको हित विपरीत हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारिएको छ।

No comments:

Post a Comment