Translate

Wednesday, March 18, 2026

मलंगवामा अधुरो पार्क फोहोरको खाल्डोमा परिणत




 मधेशदूत समाचारदाता----
सर्लाही, चैत ५

   मलंगवा नगरपालिका वडा नं. ४, शिवसागर चोकमा निर्माण गरिएको सार्वजनिक पार्क विगत लामो समयदेखि अधुरो अवस्थामा रहेको छ। बन्दाबन्दै बीचमै काम रोकिएपछि पार्क अहिले फोहोर फाल्ने खाल्डोमा परिणत भएको स्थानीय बासिन्दाहरुले बताएका छन्।
   स्थानीयवासीका अनुसार, पार्क बनाउने मुख्य उद्देश्य स्थानीय जनतालाई आराम र रमाइलो गर्न स्थान उपलब्ध गराउनु थियो। तर काम अधुरो रहँदा पार्कको मूल उद्देश्य पूरा हुन सकेको छैन।
पार्क निर्माण कार्यमा संलग्न सम्बन्धित निकायले ध्यान किन नदिएको भनेर स्थानीयले प्रश्न उठाएका छन्। सार्वजनिक ठाउँको दिगो उपयोग सुनिश्चित गर्न अधुरो पार्कको काम तुरुन्तै पूरा गरेर व्यवस्थित गर्न स्थानीय बासिन्दा र व्यापारीहरूले आग्रह गरेका छन्।
   स्थानीय एक व्यापारीका अनुसार पार्कको यस्तो अवस्थाले न केवल सार्वजनिक सुविधामा असर पुर्‍याएको छ, आसपासको क्षेत्र सफा र सुन्दर बनाउनुपर्ने जिम्मेवारीप्रति पनि प्रश्न चिन्ह लगाएको छ।

No comments:

Post a Comment