Translate

Tuesday, February 3, 2026

रोहुवामा एक पुरुष मृत अवस्थामा फेला

मधेशदूत समाचारदाता----
सर्लाही, माघ २१

   सर्लाहीको गोडैता नगरपालिका–१२, रोहुवामा मंगलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
    मृतक रामनगर गाउँपालिका–५, बिर्ता टोल निवासी रामचन्द्र ठाकुरको छोरा ५० वर्षीय  सुरेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ। बाटो छेउमा बेवारिसे अवस्थामा पुरुष मृत देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ। 
  मृतकको शरीरमा कुनै किसिमको घाउचोट नदेखिएको र मृत्युको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए।


No comments:

Post a Comment