Translate

Saturday, February 28, 2026

बलरामा श्रीमान–श्रीमती झुण्डी मृत फेला

 


मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन १७

     सर्लाहीको नेपाल-भारत सिमावर्ती बलरा नगरपालिका–१० सुदामा श्रीमान-श्रीमती घर नजिकै गोठमा झुण्डी मृत अवस्थामा भेटिएका छन्। स्थानीय ६० वर्षीय भनु महतो र उनकी श्रीमती ५६ वर्षीया निर्मला देवी झण्डिएको अवस्थामा मृत फेला परेको हो।
   प्रहरीका अनुसार स्थानीयवासीले शनिवार बिहान करिब ८ बजे दुबै जनालाई प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा देखेपछि  प्रहरीलाई खबर गरेका थिए। 
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन्।


No comments:

Post a Comment