Translate

Saturday, February 28, 2026

विदेशी नम्बर प्लेटको सवारीमा रोकपछि सडक र बजारमा सवारीको चाप घट्यो

 



मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन १७

    फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सर्लाही जिल्लामा विदेशी नम्बर प्लेटसहितका सवारीसाधनमा रोक लगाइएपछि सडक र बजारमा सवारीको चाप घटेको छ।जसका कारण भीडभाडमा ठूलो कमी आएको छ।
    जिल्लाका सिमावर्ती क्षेत्रमा अधिकांश मानिसले भारतीय नम्बर प्लेटसहितको गाडी प्रयोग गर्ने गरेका छन्। तर रोक लागेपछि धेरैले ती गाडी आ-आफ्नो घरमै राखेका छन्।परिणामस्वरूप सडकमा दुई र चार पाङ्ग्रे सवारीको संख्या करिब ८० प्रतिशतसम्म घटेको छ।
   प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार नियम उल्लङ्घन गर्ने भारतीय नम्बर प्लेटसहितका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। जिल्ला सुरक्षा समिति र राजनीतिक दलको बैठकले निर्णय गरे अनुसार, निर्वाचन सम्पन्न नहुन्जेलसम्म यो रोक जारी रहनेछ।
  सवारीसाधनहरु कम संख्यामा गुडेकाले सडकमा यातायात सहज भएको छ भने बजारमा पनि भीडभाड घटेको छ।


No comments:

Post a Comment