Translate

Friday, February 20, 2026

निर्वाचन र होली लक्षित कडा निर्णय : सर्लाहीमा मौन अवधिभर मदिरा बिक्री पूर्ण बन्द



मनोज यादव---

सर्लाही, फाल्गुन ८

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ र होली पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले विशेष सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ।
   शुक्रबार प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा  होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीहरूको सहभागीतामा बसेको समन्वयात्मक बैठकमा निर्वाचन अवधिको सुरक्षा संवेदनशीलता र होली पर्वलाई शान्तिपूर्ण तथा मर्यादित बनाउन आवश्यक कदमबारे छलफल गरिएको थियो।
बैठकले निर्वाचनको मौन अवधिभर जिल्लाभरका सबै होटल तथा रेष्टुरेन्टहरूमा मदिराजन्य पदार्थ बिक्री–वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरेका अनुसार मौन अवधि २०८२ फाल्गुन १८ गते राति १२ बजेदेखि २०८२ फाल्गुन २१ गते राति १२ बजेसम्म रहनेछ।
   त्यस्तै, फाल्गुन १५ गतेदेखि १८ गतेसम्म होटलहरू बेलुका ८:३० बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
    बैठकमा सहभागी व्यवसायीहरूले निर्णयको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, अनाधिकृत रूपमा सञ्चालनमा रहेका मदिरा पसलहरूमा सर्च अभियान सञ्चालन गरी बन्द गराउनेतर्फ पहल गरिने प्रशासनले जनाएको छ।
   जिल्ला प्रशासनले निर्वाचन र चाडपर्वका बेला शान्ति सुव्यवस्था कायम राख्न आम नागरिक तथा व्यवसायीहरूलाई सहयोग गर्न अपिल गरेको छ।

No comments:

Post a Comment