Translate

Friday, February 13, 2026

अनलाइन मिडिया ‘पावर अफ मधेस’ औपचारिक रूपमा शुभारम्भ, विशेष पूजासहित सुरुवात




मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन १

  मधेसका आवाज, समस्या र सरोकारलाई डिजिटल माध्यममार्फत सशक्त रूपमा उठाउने उद्देश्यसहित अनलाइन मिडिया ‘पावर अफ मधेस’ बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।  मिडियाको शुभारम्भ धार्मिक विधिअनुसार विशेष पूजा–अर्चना गरी गरिएको हो।
  यस मिडियाको संचालक अमृता मुखियाले  मधेसका जनताको पीडा, समस्या, विकास र सामाजिक मुद्दालाई प्राथमिकतामा राख्दै निष्पक्ष समाचार सम्प्रेषण गर्ने प्रतिवद्धता जनाएकी छिन्।
कार्यक्रममा उपस्थित पत्रकार, समाजसेवी र शुभेच्छुकहरूले ‘पावर अफ मधेस’ ले तथ्यमा आधारित, जिम्मेवार र जनउत्तरदायी पत्रकारिता गर्दै मधेसी समुदायको आवाज राष्ट्रियस्तरसम्म पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
  डिजिटल पत्रकारिताको बढ्दो प्रभावका बीच स्थानीय सरोकारलाई केन्द्रमा राख्ने उद्देश्यसहित सुरु गरिएको यस अनलाइन मिडियाले खबर मात्र नभई मधेसको यथार्थ चित्र प्रस्तुत गर्ने लक्ष्य लिएको मुखियाले बताइन् ।

No comments:

Post a Comment