Translate

Friday, February 13, 2026

राधा–कृष्ण मन्दिर संरक्षणमा मलंगवा नगरपालिकाका मेयर प्रत्यासी नागेश्वर राय यादवको आर्थिक सहयोग

  



मधेशदूत समाचारदाता----
 सर्लाही,फाल्गुन १

      मलंगवा नगरपालिका वडा नं. २ कृष्णा चौकस्थित राधा–कृष्ण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएसँगै मन्दिरको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन आर्थिक सहयोग प्राप्त भएको छ।
   नेपाल भेनियर उद्योगका सञ्चालक तथा मलंगवा नगर प्रमुखका प्रत्यासी नागेश्वर राय यादवले मन्दिर विकासका लागि रु. १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो। यादवले प्रदान गर्नुभएको उक्त सहयोग मन्दिरको दीर्घकालीन संरक्षण, सरसफाइ, संरचनागत सुधार तथा व्यवस्थापन कार्यमा उपयोग गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
   धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा निरन्तर योगदान दिँदै आउनु भएका यादवको यस सहयोगलाई स्थानीयवासीले धर्म, संस्कृति र समाजप्रतिको जिम्मेवारीबोधको उदाहरणका रूपमा लिएका छन्। यसबाट मन्दिर व्यवस्थापन समितिलाई मात्र नभई सम्पूर्ण स्थानीय समुदायमा उत्साह थपिएको बताइएको छ।
   मन्दिर व्यवस्थापन समितिले यादवप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले धार्मिक स्थलको संरक्षण मात्र नभई सामाजिक एकता र सांस्कृतिक चेतनालाई पनि मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

No comments:

Post a Comment