घरदैलो अभियानमा भरत चौधरी, जनता सँग प्रत्यक्ष संवाद
मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन १
सर्लाहीको निर्वाचन क्षेत्र नं–२ अन्तर्गत बिहीबार पडरिया, पिपरिया र ब्रम्हपुरी गाउँपालिका क्षेत्रका विभिन्न वडामा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत चौधरीले घरदैलो र जनसंवाद कार्यक्रम आयोजना गरेका छन्।
उक्त कार्यक्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै जनताको समस्या र सुझाव सुनेका छन्। उमेदवार चौधरीले आफ्नो राजनीतिक यात्राको मूल आधार जनताको आवाज भएको स्पष्ट गर्दै, “जनताको माग र आवश्यकता बुझ्नुपर्छ, तब मात्र प्रभावकारी नीति निर्माण सम्भव हुन्छ,” भनेका छन्।
उनले स्थानीय कृषक, महिला, युवा र वृद्ध वर्गसँग भेट गर्दै विकास र सामाजिक सेवामा समान पहुँच सुनिश्चित गर्ने आफ्नो प्राथमिकता पनि व्यक्त गरेका छन्।
सहभागी नागरिकहरूले चौधरीको सक्रियता र पहुँचप्रतिको प्रयासको प्रशंसा गरेका छन्।
No comments:
Post a Comment