Translate

Thursday, February 12, 2026

सर्लाही क्याम्पसमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई ठूलो राहत, मासिक शुल्कमा छुट




मधेशदूत समाचारदाता---
सर्लाही,फाल्गुन १

    सर्लाही क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियनले शिक्षामा पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले विशेष निर्णय गरेको छ। सहिद परिवारका सदस्य, अपांगता भएका, दलित, जेहेन्दार तथा बुबा नभएका विद्यार्थीलाई प्राथमिकतामा राख्दै दैनिक कक्षामा सहभागिता बढाउन मासिक शुल्कमा छुट दिने निर्णय गरिएको हो।
   यो सुविधा Bachelor चौथो वर्ष (4th Year) को परीक्षा फारम भर्ने विद्यार्थीहरूमध्ये तेस्रो वर्ष (3rd Year) का सबै विषय उत्तीर्ण गरेका विद्यार्थीलाई लागू हुनेछ। क्याम्पस प्रशासनका अनुसार यस निर्णयले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि भई पठनपाठनको वातावरण थप प्रभावकारी हुने विश्वास लिइएको छ।
Bachelor चौथो वर्षको परीक्षा फारम भर्ने अन्तिम मिति २०८२ फाल्गुन ३ गतेसम्म तोकिएको छ।
   स्ववियु  सर्लाही क्याम्पसका सभापति सुजित यादवले उक्त निर्णयबारे जानकारी दिँदै भने, “आर्थिक तथा सामाजिक रूपमा कमजोर तर पढाइमा अब्बल विद्यार्थीलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो। यसले शिक्षामा समान अवसर र सुधार दुवैमा योगदान पुर्‍याउनेछ।”
   क्याम्पस प्रशासन र विद्यार्थी संगठनको सहकार्यमा गरिएको यो निर्णयले सर्लाही क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment