मधुवनीका ५२ गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण
मधेशदूत समाचारदाता---
सर्लाही, माघ २०
सर्लाहीको गोडैता नगरपालिका वडा न-१२, मदुवनी भित्रका ५२ जना गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण गरिएको छ।
वडा अध्यक्ष केशव कुमारले आफ्नै निजी खर्चमा प्रति व्यक्ति ६८० रुपैयाँका दरले कुल ३४ हजार रुपैयाँ बराबरको प्रोटिन पदार्थ सोमबार एक कार्यक्रमका बीच वितरण गरेको हो।
गर्भवती महिलाको पोषण अवस्थालाई सुधार गर्दै आमा र गर्भस्थ शिशुको स्वास्थ्य सुरक्षित राख्ने उद्देश्यले उक्त सहयोग गरिएको वडा अध्यक्ष केशवले बताए । उनले स्थानीय तहबाट हुने कार्यक्रमसँगै व्यक्तिगत पहलबाट पनि सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
कार्यक्रममा सहभागी गर्भवती महिलाहरूले पोषणयुक्त खाद्य सामग्री सहयोगले आफूहरूलाई राहत मिलेको प्रतिक्रिया दिएका थिए। उनीहरूले स्थानीय जनप्रतिनिधिबाट प्रत्यक्ष रूपमा प्राप्त सहयोगले हौसला बढेको बताएका छन्।
स्थानीयवासीहरूले वडा अध्यक्षको यस पहललाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन्।
No comments:
Post a Comment