आज महाशिवरात्री: राति टोल–टोलमा शिवधुनी शिवालय तथा मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड
मधेशदूत समाचारदाता----
सर्लाही, फागुन ३
सर्लाही जिल्लाका शिवालय र मठ-मन्दिरहरू आज महाशिवरात्रीका अवसरमा भक्तिपूर्ण वातावरणमा सजिएका छन्। बिहानैदेखि दर्शनार्थीहरूले शिवलिङ्गमा जल, दूध र फूल चढाएर पूजा-अर्चना गरेका छन्।
महाशिवरात्रिको अवसरमा सदरमुकाम मलंगवासहित लालबन्दीको अक्लेश्वर महादेव मन्दिर डुमडुमे, हरिवनको चतुुर्भूजेश्वर महादेव मन्दिर सुखेपोखरी, हरिवनकै कैलाशपुरी महादेव मन्दिर, मुर्तियाको मुक्तेश्वर बाबाधाम, ईश्वरपुरको सागरनाथ महादेव मन्दिर,हरैयाको रजवा शिवालय र गाउँगाउँका शिवालयमा बिहानैदेखि दर्शनार्थी पुगिरहेका छन् ।ती शिवालयहरुमा मेला पनि लागेको बताइएको छ।
आज भक्तजनहरूले उपवास बसेर मनोकामना पूरा गर्ने र साँझ टोल–टोलमा शिवधुनी, किर्तन र धार्मिक जागरण आयोजना हुने क्रम जारी राखेका छन्।
स्थानीयहरू घर–घरमा दीप प्रज्वलन र शिवपूजा गर्दै पर्वलाई जीवन्त बनाएका छन्। महाशिवरात्री भक्तजनहरूका लागि धार्मिक श्रद्धा मात्र नभई सामाजिक र सांस्कृतिक मेलमिलापको अवसर पनि बनेको छ।
No comments:
Post a Comment