Translate

Sunday, February 15, 2026

सर्लाहीमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सक्रिय

 


मधेशदूत समाचारदाता ---
सर्लाही, फाल्गुन ३

    सर्लाही जिल्लामा सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सक्रिय बनेको छ। उनीहरू यतिबेला  पुर्व-पश्चिम राजमार्ग लगायत जिल्लाका विभिन्न क्षेत्रमा सक्रिय रुपमा खटिएका छन् ।
   जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार, दैनिक रूपमा सवारी चालकहरूको मादक पदार्थ सेवन (मापसे) जाँच भइरहेको छ। नियम उल्लंघन गर्ने चालकलाई सम्झाइबुझाइसहित आवश्यक कारबाही समेत गरिँदै आएको छ।


   त्यसैगरी, उखु लोड गर्ने गाडीबाट हुने दुर्घटनालाई घटाउन गाडीको पछाडि सूचना मूलक व्यानर राख्ने र सचेतनामूलक जानकारी दिने व्यवस्था गरिएको छ।


   प्रहरी प्रमुख साहले यी पहलहरूले सडक सुरक्षा बढाउने र जनधनको संरक्षणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्। उनले सर्वसाधारणलाई पनि ट्राफिक नियम पालना गर्न र सडकमा सचेत रहन आग्रह गरेका छन्।


No comments:

Post a Comment