रास्वपाको मलंगवामा बृहत् पार्टी प्रवेश तथा निर्वाचन समिति गठन
मधेशदूत समाचारदाता----
सर्लाही,फाल्गुन ३
राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा मलंगवा नगरपालिकाका अन्तर्गतका १२ वटै वडाको सहभागितामा शनिबार मलंगवामा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी स्थानीय नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।
सोही अवसरमा आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणका लागि निर्वाचन समिति गठन गरिएको छ। नवगठित समितिमा सबै वडाबाट प्रतिनिधित्व हुने गरी सदस्य चयन गरिएको पार्टीले जनाएको छ। समितिले संगठन विस्तार, मतदाता समन्वय तथा चुनावी तयारीलाई तीव्रता दिने बताइएको छ।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।
No comments:
Post a Comment