जसपा नेपालका बरिस्ठ उपाध्यक्ष चौधरीसहितका नेताहरु कांग्रेसमा प्रवेश
मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन ३
सर्लाहीमा जारी चुनावी अभियानबीच दल–परिवर्तनको क्रम तीव्र बनेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपाल का केन्द्रीय तहका नेताहरूले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गरेपछि जिल्लाको चुनावी समीकरण फेरिने संकेत देखिएको छ।
चुनावी अभियानका क्रममा सर्लाही आइपुगेका कांग्रेस सभापति तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले शनिबार आयोजित कार्यक्रममा जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी र केन्द्रीय नेता मनिष मिश्र सहितका नेता–कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेको छ ।
कांग्रेस प्रवेश गर्ने नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अभ्यास, स्थिरता र विकासका लागि कांग्रेस उपयुक्त विकल्प भएको धारणा व्यक्त गरेका छन्।
यता कांग्रेस नेतृत्वले भने सर्लाहीमा देखिएको जनसमर्थन र विभिन्न दलबाट भइरहेको प्रवेशलाई सकारात्मक संकेतका रूपमा लिएको छ। पछिल्ला दिनहरूमा जिल्लाभरि अन्य दल परित्याग गरी कांग्रेसमा आबद्ध हुनेको संख्या बढ्दै गएको छ, जसले चुनावी माहोल थप तातिएको देखिन्छ।
No comments:
Post a Comment