सर्लाहीमा अबैध मदिरा नष्ट, कच्चा पदार्थ र उपकरण नियन्त्रणमा
मधेशदूत समाचारदाता
सर्लाही, फागुन ३
सर्लाहीमा अबैध रुपमा मदिरा उत्पादन तथा कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा तयारी मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ।
शुक्रबार अपराह्न करिब ४ः३० बजेको समयमा गोडैता नगरपालिका–९ स्थित बकैनिया गोठमा अबैध मदिरा बनाइँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट परिचालित प्रहरी टोलीले छापा मारेको हो।
प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको कमाण्डमा खटिएको टोलीले मदिरा बनाउन प्रयोग हुने करिब २,२०० लिटर कच्चा पदार्थ तथा १५ लिटर घरेलु मदिरा नष्ट गरेको छ। साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिनसहितका उपकरणहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
अबैध मदिरा उत्पादन तथा बिक्रीविरुद्ध कारबाहीलाई थप प्रभावकारी बनाइने जि.प्र.का सर्लाहीले जानकारी दिएको छ।
No comments:
Post a Comment