सर्लाहीमा ‘आभा’ परियोजनाअन्तर्गत ३ दिने लैंगिक रुपान्तरणात्मक समावेशी कक्षाकोठा व्यवस्थापन तालिम सुरु
मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन १०
प्लान इन्टरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) मलंगवाको संयुक्त साझेदारीमा सर्लाहीको दुईवटा पालिकामा एकैसाथ ३ दिने गैर–आवासीय लैंगिक रुपान्तरणात्मक समावेशी कक्षाकोठा व्यवस्थापन तालिम सुरु भएको छ।
किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि जिल्लाको कौडेना,चक्रघट्टा,बसबरिया र धनकौल गाउँपालिका सञ्चालन भइरहेको ‘आभा (Abha) परियोजना’ अन्तर्गत उक्त तालिम संचालन भइरहेको हो । सोही परियोजना अन्तर्गत बसबरिया र धनकौल गाउँपालिकामा छनौट भएका १०-१० वटा विद्यालयका २१-२१ जना शिक्षक तथा शिक्षा शाखाका प्रतिनिधिहरूलाई उक्त तालिम दिइ रहेको RRPK का कार्यक्रम संयोजक जयनेन्द्र कुमार साहले जनाएको छ।
धनकौल गाउँपालिकाको सभाहलमा सञ्चालन भइरहेको तालिममा प्रादेशिक शिक्षक तालिम केन्द्र, बारा का प्रशिक्षक राम सिहासान यादवले सहजीकरण गरिरहेका छन्। त्यस्तै बसबरिया गाउँपालिकाका सहभागीहरूका लागि मलंगवा स्थित महेन्द्र होटलमा सञ्चालन भइरहेको तालिममा प्रादेशिक शिक्षक तालिम केन्द्र, बारा का खड्ग बहादुर श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।
तालिममार्फत विद्यालयस्तरमा लैङ्गिक समानता, समावेशी वातावरण र किशोरीमैत्री कक्षाकोठा व्यवस्थापनका विषयमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
No comments:
Post a Comment