बलराका पूर्व मेयर अभयकुमार सिंह कांग्रेसमा प्रवेश
मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन १०
सर्लाहीको राजनीतिमा फेरि एकपटक दल परिवर्तनको चर्चा सुरु भएको छ। बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
सिंहलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनकै घरमा पुगेर पार्टीमा स्वागत गरेका हुन्। थापाले उनलाई टीका र माला लगाएर औपचारिक रूपमा सदस्यता दिएका हुन।
पुर्व मेयर सिंह २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा न.पा को मेयर पदमा निर्वाचित भएका थिए। २०७९ सालमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार बनेका थिए, तर नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग पराजित भएका थिए।
सिंहसँगै बलराका पूर्व वडाध्यक्ष सुशील झा लगायतका केही नेता–कार्यकर्ताले पनि कांग्रेस प्रवेश गरेका छन्। पछिल्लो समय सर्लाहीमा अन्य दलका नेता पनि कांग्रेसमा प्रवेश गर्ने क्रम बढिरहेको छ।
राजनीतिक जानकारहरूका अनुसार, यसले सर्लाहीमा कांग्रेसको संगठन बलियो हुने संकेत देखाएको छ। आगामी चुनावमा यसको प्रभाव कस्तो पर्छ भन्ने कुरा भने समयले देखाउनेछ।
No comments:
Post a Comment