Translate

Thursday, February 26, 2026

लालबन्दीबाट डाँका चोरीका फरार प्रतिवादी पक्राउ

 


मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन १५

    डाँका चोरीसम्बन्धी तीन वटा मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–६ निवासी लाल बहादुर जिम्बाका छोरा ३३ वर्षीय मदन बहादुर लामा (मदन लामा) रहेका छन्।
    सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत ०७५-C१-१४७५ नम्बरको डाँका चोरी मुद्दामा उनलाई ७ वर्ष २ महिना ५ दिन कैद र ७५ हजार रुपैयाँ जरिवाना, ०७५-C१-१४७६ मा ५ वर्ष २ महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तथा ०७५-C१-१४७७ मा ५ वर्ष ८ महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। तीनै मुद्दाको सजाय जोड्दा कुल १८ वर्ष १५ दिन कैद र १ लाख ७५ हजार रुपैयाँ जरिवाना हुन आउँछ।
   इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले गत आइतबार साँझ करिब ५ बजे लालबन्दी बजारबाट उनलाई पक्राउ गरी अदालतमा बुझाएको थियो।
   अदालतको आदेशअनुसार बिहीबार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय मलंगवा पठाइएको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment