सर्लाहीमा ‘भोकालाई भोजन–प्यासीलाइ पानी’ महाअभियानअन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञ हुँदै
मधेशदूत समाचारदाता----
सर्लाही, माघ २९
“भोकालाई भोजन, प्यासीलाइ पानी” भन्ने मानवीय मूल नारासहित अक्षयकोष स्थापना गर्ने उद्देश्यले सर्लाहीको बागमती नगरपालिका–८ स्थित चिरञ्जीवी पार्कमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ–२०८२ आयोजना हुने भएको छ।
आगामी फाल्गुण ७ देखि १४ गतेसम्म सञ्चालन हुने महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथावाचक पण्डित दीनबन्धु पोखरेलद्वारा श्रीमद्भागवत कथा वाचन गरिने आयोजकले जनाएको छ।
महायज्ञका मुख्य संकल्पकर्ता जय महांकाल युवा समूहका केन्द्रीय अध्यक्ष लिलानाथ भण्डारी रहनुभएको छ भने कार्यक्रमको आयोजना जय महांकाल युवा समूह, टोखा नगरपालिका–९, काठमाडौंले गरेको हो।
आयोजकका अनुसार महायज्ञबाट संकलित सहयोग रकमबाट स्थापना गरिने अक्षयकोष भविष्यमा असहाय, विपन्न तथा भोक–प्यासबाट पीडित व्यक्तिहरूको सेवा र सहयोगमा खर्च गरिनेछ। धार्मिक कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको आयोजकको भनाइ छ।
धार्मिक, सामाजिक तथा मानवीय सेवामा योगदान पुर्याउन सम्पूर्ण श्रद्धालु भक्तजनलाई महायज्ञमा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
No comments:
Post a Comment