Translate

Thursday, February 5, 2026

जसपाबाट प्रतिनिधिसभा उम्मेदवार भरत चौधरी कौडेनाको एकाह पुजामा सहभागी हुँदै “संस्कृति र मधेशी पहिचान"बारे दिए स्पष्ट धारणा




मधेशदूत समाचारदाता----
सर्लाही, माघ २३

    जनता समाजवादी पार्टी, नेपाल सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार भरत चौधरीले बिहीबार कौडेना गाउँपालिका–३ मा आयोजित एकाहा पूजामा सहभागिता जनाएका छन् ।
   पूजामा सहभागी हुँदै उम्मेदवार चौधरीले सनातन कालदेखि चल्दै आएका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण आजको आवश्यकता भएको बताए ।  मधेशको पहिचान र स्वाभिमान संस्कृतिसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले भावी पुस्तालाई आफ्नो मौलिक पहिचान चिनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
“संस्कृति र परम्परा हाम्रो पहिचानका आधार हुन्। यिनको संरक्षण र प्रवर्द्धन बिना समाजको दीर्घकालीन विकास सम्भव हुँदैन,” उम्मेदवार चौधरीले भने ।
  सो अवसरमा उम्मेदवार चौधरीले कौडेना गाउँपालिकाका विभिन्न वडामा पुगेर पार्टीका कार्यकर्ता तथा स्थानीय सर्वसाधारणसँग भेटघाट तथा छलफल समेत गरेका थिए । भेटघाटका क्रममा उनले स्थानीय समस्या, जनताको अपेक्षा तथा आगामी दिनमा आवश्यक योजना र प्राथमिकताबारे सुझाव संकलन गरेको  बताइएको छ।


  स्थानीय बासिन्दाले पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रममा उम्मेदवारको सक्रिय सहभागिताले मधेशको पहिचान र संस्कृतिप्रति सकारात्मक सन्देश गएको प्रतिक्रिया दिएका छन्।

No comments:

Post a Comment