सर्लाहीमा नि:शुल्क आँखा शिविर सम्पन्न, २०२ जनाको शल्यक्रिया
मधेशदूत समाचारदाता---
सर्लाही,माघ २३
नेपाल नेत्र ज्योति संघ चितवन तथा सर्लाही शाखाको आयोजनामा हरिपुर स्वास्थ्य चौकी, हरिपुरमा सञ्चालन भएको नि:शुल्क आँखा शिविर माघ १९ देखि २२ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा १२४३ जनाले आँखा उपचारको सुविधा लिएका छन् भने २०२ जनाको मोतियाबिन्दको शल्यक्रिया गरिएको संघले जानकारी दिएको छ।
नेत्र ज्योति संंघ सर्लाहीका मुकेश जयसवालका अनुसार यस्तो नि:शुल्क शिविरले ग्रामीण र स्वास्थ्य पहुँचमा कठिनाइ हुने व्यक्तिहरूका लागि आँखासम्बन्धी उपचारमा ठूलो योगदान पुगेको छ।
शिविरको सफलतामा स्वास्थ्यकर्मी, स्वयंसेवक तथा संघका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
No comments:
Post a Comment