Translate

Wednesday, February 18, 2026

हिन्दू राष्ट्रको पक्षमा सशक्त आवाज उठाउने अठोटसहित कृष्ण यादव जनताको घरआँगनमा

 



मधेशदूत समाचारदाता----
सर्लाही,फाल्गुन ६

    सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार कृष्ण यादवले सुरु गरेको ‘एक मुठी चामल’ अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ। घरघरमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनले यो अभियानलाई जनआशीर्वाद, विश्वास र समर्थन संकलन गर्ने माध्यम बनाएका छन्।
    उमेदवार यादवका अनुसार, चामल संकलन आर्थिक सहयोगका लागि मात्र नभई जनताको भावना र साथलाई एकताबद्ध गर्ने प्रतीक हो। घरदैलोका क्रममा उनले स्पष्ट रूपमा भने, “हाम्रो उद्देश्य हिन्दू राष्ट्रको पक्षमा सशक्त आवाज प्रतिनिधि सभामा पुर्‍याउनु हो। त्यसका लागि तपाईंहरूको साथ, सहयोग र समर्थन अत्यन्तै आवश्यक छ।”
   स्थानीय बासिन्दाले यो अभियानलाई संस्कार, परम्परा र समाजसँग जोडिएको सकारात्मक पहलका रूपमा लिएका छन्। धेरैले उम्मेदवार जनताकै घरआँगनमा पुगेर संवाद गर्नु लोकतान्त्रिक अभ्यासको राम्रो उदाहरण भएको बताएका छन्। यसले जनप्रतिनिधि र आमनागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरिएको छ।
   घरदैलो अभियानमार्फत जनसमर्थन बढ्दै जाँदा क्षेत्र नम्बर २ मा चुनावी माहोल थप उत्साहजनक बनेको देखिन्छ। ‘एक मुठी चामल’ अभियानले जनताको विश्वास जित्दै अघि बढिरहेको प्रतिक्रिया स्थानीय तहमा सुनिन थालेको छ।

No comments:

Post a Comment