Translate

Tuesday, February 17, 2026

सह–योग शिक्षक प्रशिक्षणको दीक्षान्त समारोह सम्पन्न

  


मधेशदूत समाचारदाता---
सर्लाही,फाल्गुन ६

    पतंजलि योग समिति सर्लाहीद्वारा आयोजित सह–योग शिक्षक प्रशिक्षण कार्यक्रमको दीक्षान्त समारोह मंगलबार मलंगवामा सम्पन्न भएको छ।
  समितिका अध्यक्ष कौशल किशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश मिडिया प्रभारी भुपाल श्रेष्ठलगायत योग साधक–साधिकाहरूको उपस्थिति रहेको थियो।
   कार्यक्रममा प्रशिक्षण सफलतापूर्वक पूरा गरेका सहभागीहरुलाई शुभकामना दिंदै अध्यक्ष सिंहले योगमार्फत शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्न प्रशिक्षित योग शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताए।

No comments:

Post a Comment