मलंगवा-२ मा ७ दिवसीय महावीर झण्डा मेला सुर
मधेशदूत समाचारदाता---
सर्लाही,माघ २८
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ मा ७ दिवसीय महावीर झण्डा मेला सुरु भएको छ ।
धर्म, कला संस्कृतिको जगेर्ना, मनोरञ्जन तथा आन्तरिक व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मलंगवा-२झण्डा बजार स्थित श्री पब्लिक मावि नजिक आयोजना गरिएको मेलाको मंगलबार एक भब्य समारोहबीच विधिवत उद्घाटन गरिएको छ। मेलाको उद्घाटन प्रमुख अतिथि शारदा प्लाइ उद्योगका प्रोपराइटर मोहन साहले मंगलबार साँझ सयौं स्थानीय श्रद्धालुहरुको उपस्थितिमा रिबन काटेर गरेका हुन्।
उक्त झण्डा मेलामा पाँचवटा घोडासहितको कलात्मक रथमा सवार भगवान कृष्ण र अर्जुनको प्रतिमा निर्माण गरिएको छ भने बजरंगबलीको प्रतीक कलात्मक विशाल झण्डा दर्शनका लागि स्थापना गरिएको छ । साथै वाँणको शैयामा सुतेको भीष्म पितामहको मुर्तिलगायत अन्य मुर्तिहरु समेत स्थापना गरिएको छ।
त्यसैगरी मेलामा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा भौतिक सामाग्रीको बिक्री तथा प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर, मनोरञ्जनका लागि विभिन्न खेल तमासालगायत बच्चाहरुको लागि विभिन्न झुलाको व्यवस्था गरिएको छ ।
माघ २७ गतेदेखि फाल्गुन ४ गतेसम्म संचालन हुने यस मेलामा आउने दर्शनार्थीहरुको सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनको तर्फबाट चौबीसै घण्टा सुरक्षाकर्मी र ठूलो संख्यामा मेला समितिका स्वयंसेवकहरु परिचालन गरिएको मेला समितिका अध्यक्ष भोला साहले जनाएको छ।
No comments:
Post a Comment