फरार थुनुवा आफ्नै घरबाट पक्राउ
मधेशदूत समाचारदाता----
सर्लाही,माघ १
कारागार व्यवस्थापन कार्यालय जलेश्वर, महोत्तरीमा लागुऔषध मुद्दामा पुर्पक्षमा रहेका सर्लाही हरिवन नगरपालिका–३ निवासी ३४ वर्षीय फेकन साह तेली फरार भएपछि प्रहरीले पुनः पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जेन्जी आन्दोलनको क्रममा जलेश्वर कारागारबाट फरार भए पश्चात निज थुनुवा साह आफ्नै गाँउ घरमा लुकिछिपी बसि रहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले बिहीबार साँझ करिब ५ बजे उनलाई आफ्नै गाउँबाट नियन्त्रणमा लिएको हो।
साहलाई आवश्यक कारबाहीका लागि कारागार व्यवस्थापन कार्यालय मलंगवा पठाएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment