मलंगवा जेसिजको ४६औँ शाखा अधिवेशन सम्पन्न, सुभेष सागर श्रेष्ठ अध्यक्षमा निर्विरोध
मधेशदूत समाचारदाता---
सर्लाही,माघ ४
मलंगवा जेसिजको ४६औँ शाखा अधिवेशनबाट जेसी सुभेष सागर श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।
शनिबार सम्पन्न अधिवेशनबाट कार्यकारी उपाध्यक्ष पदमा जेसी विमलेश राय र जेसी प्रिन्स गुप्ता निर्विरोध निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्ष पदमा मनिष जयसवाल, सुभाष कुमार गुप्ता, अभिनाश श्रेष्ठ तथा सरोज चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जेसी सुवोध हरि सजोपाध्यायले जानकारी दिएका छन्।
अधिवेशन मलंगवा नगरपालिका वडा नं. ८ स्थित जेसिज माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment