Translate

Tuesday, January 6, 2026

जसपा नेपाल सर्लाहीद्वारा चारै क्षेत्रका उम्मेदवार सिफारिस, क्षेत्र नं. ३ बाट पत्रकार मनोज कुमार यादव

 



मधेशदूत समाचारदाता---
सर्लाही, पुस २३

    जनता समाजवादी पार्टी (जसपा नेपाल) जिल्ला समिति सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत चारवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। पुस २० गते बसेको जिल्ला समितिको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
   जिल्ला समितिका अनुसार सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष एवं पत्रकार मनोज कुमार यादवलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, प्रचार–प्रसार तथा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका यादव हाल प्रेस मञ्च नेपालको केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा सक्रिय छन्। सोही क्षेत्रबाट रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवको नाम पनि सिफारिस गरिएको छ।
   यसैगरी, निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ।
   जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत सिफारिस केन्द्रमा पठाइएको हो। 
   जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद”लाई मूल नाराका रूपमा अघि सार्दै आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई तीव्र बनाउँदै लगेको जनाएको छ।

No comments:

Post a Comment