Translate

Tuesday, January 6, 2026

मलंगवामा विपन्न बालबालिकालाई न्यानो लुगा वितरण

 

मधेशदूत समाचारदाता---
सर्लाही,पुस २३

     नेपाल–भारत मैत्री संघको सहयोगमा बाल कल्याण समाज सर्लाहीले मलंगवाका गरीब, दलित तथा अभावग्रस्त बालबालिकालाई न्यानो लुगा वितरण गरेको छ।
   तराई–मधेशका जिल्लाहरूमा विगत २० दिनदेखि जारी अत्यधिक शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। यसबाट सबैभन्दा बढी गरीब, दलित तथा अभावग्रस्त बालबालिका प्रभावित भएका छन्। पर्याप्त न्यानो लुगाको अभावका कारण उनीहरूको स्वास्थ्य तथा पठनपाठनमा प्रत्यक्ष असर परिरहेको अवस्थामा बाल कल्याण समाजले राहतस्वरूप न्यानो लुगा वितरण गरेको हो।
  बालबालिकाको स्वास्थ्य र शिक्षालाई मध्यनजर गर्दै चिसोको प्रभावबाट बचाउन साथै  पठनपाठन समेत प्रभावित हुन नदिने तथा समाजमा आपसी सहयोग, सद्भाव, करुणा र सहानुभूति कायम राख्ने उद्देश्यले बाल कल्याण समाज सर्लाहीले विभिन्न व्यक्ति तथा संघ–संस्थाबाट नगद तथा जिन्सी सहयोग संकलन गर्दै आएको छ। सोही क्रममा संस्थाको अनुरोधलाई स्वीकार गर्दै नेपाल–भारत मैत्री संघले आर्थिक सहयोग उपलब्ध गराएको थियो।
उपलब्ध गराइएको सहयोग रकमबाट मलंगवाका १५ जना बालबालिकालाई एक–एक सेट न्यानो लुगा वितरण गरिएको हो।
    बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा  जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख अतिथ्यतामा मंगलबार समन्वय समितिको सभा हलमा कार्यक्रमको आयोजना गरि  नेपाल–भारत मैत्री संघका केन्द्रीय समितिका सदस्य सत्यनारायण अग्रवाल , नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, श्री प्राथमिक विद्यालय मलंगवा–९ का प्रधानाध्यापक सन्तोष कर्ण, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र, बज्जिका साहित्य समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहा तथा  नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम अधिकृत गोविन्द पासवानलगायत शिक्षक, पत्रकारहरुको उपस्थितिमा लक्षित बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको थियो। 


No comments:

Post a Comment