मलंगवामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न,झण्डै सय जना महिलाले लिए सेवा
मधेशदूत समाचारदाता---
सर्लाही,पुस २७
स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा मलंगवा नगरपालिकाको सहयोगमा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा आयोजित परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शुक्रवार र शनिवार दुईदिन प्रादेशिक अस्पताल मलंगवामा संचालन भएको शिविरको पहिलो दिन ५४ जना र दोस्रो तथा अन्तिम दिन ३६ जना महिलाहरु सहभागी भई मिनिल्याप सेवा लिएका थिए । साथै, २ जनाले आई यु सि डी (IUD) सेवा पनि प्राप्त गरेका थिए ।
मलंगवा नगरपालिका स्वास्थ्य शाखाका संयोजक विष्णुकान्त साहका अनुसार उक्त शिविर मार्फत ९० जना महिलाहरुले सेवा लिएका हुन्।
शिविरमा सुनौलो परिवार नेपाल, स्वास्थ्य कार्यालय सर्लाही, मलंगवा नगरपालिका, स्वास्थ्य शाखा, प्रादेशिक अस्पताल मलंगवा तथा विभिन्न स्वास्थ्य संस्थाका टिम, चिकित्सक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र अन्य स्वास्थ्यकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो।
शिविरमार्फत सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको र आगामी दिनमा पनि यस किसिमका स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखिएको नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताए ।
No comments:
Post a Comment