Translate

Sunday, January 11, 2026

सर्लाहीमा हिन्दू सम्राट सेना नेपालद्वारा वडास्तरीय कमिटी गठन हिन्दू समाजको हित, एकता र संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने

  



मधेशदूत समाचारदाता----
सर्लाही, पुस २७

   सर्लाहीमा हिन्दू सम्राट सेना नेपालले वडा तहसम्म आफ्नो संगठन विस्तार गर्दै नयाँ वडा  कमिटीहरु गठन गरेको छ।
  संगठनले केन्द्रीय उपाध्यक्ष कृष्णा यादवको अध्यक्षतामा छुट्टाछुट्टै बैठकको आयोजना गरि कविलासी नगरपालिका वडा नं. ६, जमुनिया र ईश्वरपुर नगरपालिका, श्रीनगर वडा नं. १२ र १३ मा वडा कमिटी गठन गरेको हो।
   जमुनियामा भएको बैठकले राधेश्याम यादवको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी चयन गरेको छ। कमिटीका उपाध्यक्षमा कौशल किशोर राय यादव, सचिवमा उदय यादव, सह–सचिवमा सुरेश यादव र कोषाध्यक्षमा निखिल राय रहेका छन्।


   त्यसैगरी सदस्यहरूमा हरिनन्दन राय, शिवजी मुखिया, सुबिदार राय, अबिनाश राय, ब्रह्मदेव राउत, महिन्द्र राउत, हरिमण्डल खतवे, रामचन्द्र ठाकुर, राम सेवक मण्डल रहेका छन्।
   यस्तै  ईश्वरपुर नगरपालिका, श्रीनगर वडा नं. १२ र १३ मा सन्तोष कुमार महतोको अध्यक्षतामा वडा कमिटी गठन गरिएको छ। नवगठित वडा कमिटीको उपाध्यक्षमा सोनेलाल चौधरी, सचिवमा सतेन्द्र प्रसाद चौधरी, सह–सचिवमा रवीन्द्र महतो र कोषाध्यक्षमा अजय कुमार ठाकुर रहेका छन्, भने 
सदस्यहरूमा श्याम दास, दुनिलाल महतो, राजीव ठाकुर, संजय महतो, खलेस महतो, रामशरण महतो, होसनारायण सिंह, मनोज साह सोनार, मदन शर्मा, सियाराम महतो, अजय ठाकुर, राजकुमार महतो, राजिव साह, लाखेन्द्र यादव, धीरज ठाकुर र दीपनारायण सिंह रहेका छन्।
   बैठकमा संगठनलाई वडा तहसम्म विस्तार गर्दै हिन्दू समाजको हित, एकता र संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।


No comments:

Post a Comment