Translate

Wednesday, January 21, 2026

निर्वाचन लक्षित राजनीतिक कार्यक्रममा सरकारी सवारी प्रयोग नगर्न प्रशासनको आग्रह




मधेशदूत समाचारदाता---
सर्लाही,माघ ७

    आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ ।
   सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरेले मंगलबार एक सूचना जारी गर्दै जिल्लाभित्र शान्ति–सुरक्षा र सुव्यवस्था कायम राख्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठनले आयोजना गर्ने सभा, सम्मेलनजस्ता कार्यक्रम सञ्चालन गर्नु अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने जानकारी दिएका हुन।
    उहाँले राजनीतिक कार्यक्रममा जाने–आउने क्रममा सरकारी गाडी प्रयोग नगर्न र नगराउन सबै पक्षलाई अनुरोध गरिएको बताउनुभयो । निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको उहाँको भनाइ छ ।
  सहायक प्रजिअ धिमिरेले सबै राजनीतिक दल र सम्बन्धित पक्षलाई नियम पालना गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment