सर्लाहीमा उम्मेदवारी मनोनयनका क्रममा आचारसंहिताको खुलेआम उल्लंघन
मधेशदूत समाचारदाता---
सर्लाही,माघ ७
फाल्गुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको क्रममा सर्लाहीमा आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ ।
मंगलबार तय गरिएको मनोनयन दर्ताको दिन ठूला-साना सबैखाले राजनीतिक दलले आचारसंहितामा असर पर्ने गरी उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए।
निर्वाचन आयोगका अनुसार सवारी साधनमा झण्डा राख्न, प्रचारका लागि जिङ्गल बजाउन पाइँदैन । तर,दलहरुले आचारसंहिताको धज्जीया उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका थिए । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका थिए ।
ठुला दलका उमेदवारहरु सयौं समर्थकाहरुको लावालस्कर सहित मनोनयनका लागि निर्वाचन कार्यालयसम्म पुगेका थिए। ठूलो संख्यामा समर्थहरु आ-आफ्नो दल र उमेदवारको पक्षमा चर्को स्वरमा नारा लगाउँदै निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन रहेका थिए।
कतिपय दलका समर्थकहरुले मनोनयन दर्ता गर्ने कार्यालयको मुख्य गेट अगाडीनै उभिएर चर्को स्वरमा नारा लगाउँदा शुरक्षाकर्मीलाई समेत रोक्न हम्मेहम्मे परेको थियो।
No comments:
Post a Comment