Translate

Tuesday, January 6, 2026

राष्ट्रिय बजरंग दलद्वारा विभाजनकारी अभिव्यक्तिको विरोध, शान्ति कायम गर्न आग्रह




मधेशदूत समाचरदाता---
सर्लाही,पुस २३

   राष्ट्रिय बजरंग दल, नेपालले पछिल्लो समय सार्वजनिक क्षेत्रमा देखिएका उत्तेजक तथा विभाजनकारी नाराप्रति आपत्ति जनाउँदै यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पार्ने जनाएको छ।
दलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा “हिन्दु भगाउ, देश बचाऊ” जस्ता अभिव्यक्तिहरूले समुदायबीच अविश्वास सिर्जना गर्ने र सार्वजनिक शान्ति भंग हुने जोखिम बढाउने उल्लेख गरिएको छ। 
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र सहिष्णु समाज भएको देश भएकाले कुनै पनि धर्म वा समुदायलाई लक्षित गरी घृणा र बहिष्कार फैलाउने गतिविधि संविधानको मर्म र कानुनी शासनविपरीत रहेको दलको ठहर छ।
    राष्ट्रिय बजरंग दलले यस्ता अभिव्यक्तिको स्पष्ट विरोध गर्दै सबै पक्षलाई संयम अपनाउन र कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै सरकार तथा सम्बन्धित निकायहरूलाई निष्पक्ष रूपमा कानुन कार्यान्वयन गरी सार्वजनिक शान्ति र सद्भाव कायम गर्न आवश्यक कदम चाल्न अनुरोध गरिएको छ।
    बजरंग दल, नेपालका केन्द्रीय महामन्त्री धीरेन्द्र मिश्रको हस्ताक्षर रहेको विज्ञप्तिमा दलले आफ्नो उद्देश्य कुनै समुदायविरुद्ध द्वेष फैलाउनु नभई सनातन संस्कृतिको सम्मान गर्दै राष्ट्रिय एकता, शान्ति र धार्मिक सद्भावलाई मजबुत बनाउनु रहेको स्पष्ट पारेको छ। लोकतान्त्रिक मूल्य र मर्यादाभित्र रहेर शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

No comments:

Post a Comment