हिन्दू सम्राट सेना द्वारा मलंगवामा प्रदर्शन, निर्दोष पक्राउको विरोध
मधेशदूत समाचारदाता---
सर्लाही,पुस २३
हिन्दू सम्राट सेना नेपालले मंगलबार सर्लाहीको सदरमुकाम मलंगवामा प्रदर्शन गर्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ। मलंगवा–१० जिविस चौकस्थित सहिद पार्कबाट सुरु भएको जुलुस पुरानो बसपार्क र बालमन्दिर चौक हुँदै नगरपालिका कार्यालय अगाडिको मेन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले वीरगञ्जमा हालै घटेका घटनामा कुनै प्रमाणबिना निर्दोष नागरिक कपिल देवसहित तीन जनालाई पक्राउ गरिएको प्रति गम्भीर आपत्ति व्यक्त गरे। उनले भने, “निर्दोष नागरिकलाई थुनामा राख्नु अन्यायपूर्ण छ र लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल खाँदैन। ती तीनै जनालाई तुरुन्त र बिना शर्त रिहा गर्नुपर्छ।”
संगठनले बंगलादेशमा हिन्दु समुदायमाथि घटेका घटनाहरू र सामाजिक सञ्जालमा फैलिएका भडकाउ नाराहरू, जस्तै “हिन्दु भगाऔँ, देश बचाऔँ”, प्रति पनि कडा विरोध जनाएको छ। यादवका अनुसार यस्ता गतिविधिहरूले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकतालाई कमजोर पार्ने खतरा रहेको छ।
No comments:
Post a Comment