मलंगवा नगरपालिकाको १५औँ नगर सभा(हिउँदे अधिवेशन) विभिन्न महत्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही,माघ १
मलंगवा नगरपालिकाको १५औँ नगर सभा(हिउँदे अधिवेशन) विभिन्न प्रस्ताव पारित गर्दै बुधबार सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित उक्त नगर सभा नगर प्रमुख नगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
नगर सभामा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीसहित नगरपालिका अन्तर्गतका वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
नगर सभामा वडा नं. १ का वडा अध्यक्ष एवं प्रवक्ता नवल किशोर यादव, वडा नं. २ का धिरेन्द्र साह, वडा नं. ३ का प्रमोद राय यादव, वडा नं. ४ का रविन्द्र राय, वडा नं. ५ का मो. जुल्फ फकार अली, वडा नं. ६ का राम कैलाश यादव, वडा नं. ७ का इसा मिकरानी, वडा नं. ८ का मुकेश कुमार जयसवाल, वडा नं. ९ का चन्देश्वर राय, वडा नं. १० का मुकेश कुमार झा, वडा नं. ११ का नन्दकिशोर राय तथा वडा नं. १२ का राम दरेश राय सहभागी रहेका थिए।
नगर सभामा चालु आर्थिक वर्ष २०८२/८३ को केही शिर्षकका बजेट हेरफेर गर्नेसहितका निर्णयहरु पारितका साथै चालु आर्थिक वर्षका कार्यक्रमहरूको समीक्षा, विकास निर्माण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय, आगामी योजना तथा नीतिगत प्रस्तावहरूबारे विस्तृत छलफल गरिएको थियो। छलफलपछि विभिन्न विकासमुखी तथा जनहितका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले पारित प्रस्तावहरूको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी सेवा प्रवाहलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।
नगर सभाको अन्त्यमा नगर प्रमुख यादवले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पारित निर्णयहरू कार्यान्वयनमा केन्द्रित हुने जनाएका छन्।
नगरपालिकाले नगरसभाको हिउँदे अधिवेशन शान्तपूर्वक सम्पन्न गरेको छ।
No comments:
Post a Comment