Translate

Thursday, January 15, 2026

हिन्दु सम्राट सेना नेपालद्वारा संग्रामपुरमा वडास्तरीय संगठन विस्तार




मधेशदूत समाचारदाता---
सर्लाही,माघ १

    सनातन धर्म, संस्कृति तथा राष्ट्र–धर्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिन्दु सम्राट सेना नेपालले पर्सा गाउँपालिका अन्तर्गत संग्रामपुरको वडा नं. १ र २ मा वडास्तरीय कमिटी गठन गरेको छ। 
   बुधबार सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको प्रमुख उपस्थितिमा स्थानीयस्तरमा संगठन विस्तार गर्दै नयाँ वडास्तरीय कमिटी गठन गरिएको हो ।कार्यक्रममा धर्म, संस्कृति र राष्ट्रको संरक्षणका लागि संगठित प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।
   नवगठित कमिटीको अध्यक्षमा विनय मिश्र ‘सनातनी’ चयन भएका छन् भने उपाध्यक्षमा जयनारायण मण्डल, सचिवमा हरिन्द्र माझी, सह–सचिवमा अङ्गज यादव तथा कोषाध्यक्षमा बबलु मण्डल चयन भएका छन् ।
   त्यसैगरी सदस्यहरूमा राम विवेक मण्डल, गजिन्द्र मण्डल, कामेश्वर राय, रुपेश मण्डल, दिलीप मण्डल, रामबाबु मण्डल, सुशील राय, कृष्ण मण्डल, मनोज मण्डल, पुरुषोत्तम मण्डल, अंगराज मण्डल र हरेन्द्र पासवान सहित अन्य सदस्यहरू रहेका छन्।
   कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष यादवले सनातन धर्म र राष्ट्रिय मूल्य–मान्यताको संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले संगठनमार्फत सामाजिक जागरण र राष्ट्रहितका कार्यलाई निरन्तर अघि बढाइने उल्लेख गरे ।
  हिन्दु सम्राट सेना नेपालले धर्म, राष्ट्र र समाजको हितमा एकताबद्ध कदम चाल्दै स्थानीय तहसम्म संगठन सुदृढ बनाउँदै लैजाने जनाएको छ।

No comments:

Post a Comment