पूर्वमन्त्री रामेश्वर राय यादव छोरा चक्रघट्टाका पूर्वअध्यक्ष विक्रम यादवलाई लिएर जसपा नेपालमा प्रवेश
मधेशदूत समाचारदाता---
सर्लाही,माघ ५
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित विशेष कार्यक्रममा उनले आफ्ना समर्थक नेता–कार्यकर्तासहित जसपा नेपालको सदस्यता लिएका हुन्।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्वमन्त्री राय यादवसहित पार्टी प्रवेश गर्ने सम्पूर्ण नेता तथा कार्यकर्तालाई स्वागत गरेका थिए।
यसै कार्यक्रममा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवले पनि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। पार्टीले मधेस केन्द्रित राजनीतिलाई थप सशक्त बनाउने उद्देश्यसहित नयाँ नेतृत्व र कार्यकर्ताको प्रवेशलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
No comments:
Post a Comment