"२५ औं सशस्त्र प्रहरी दिवस २०८२" सशस्त्र प्रहरी बल, नेपालको पुर्व-पश्चिम झण्डा मार्च सर्लाही हुँदै रौतहट
मधेशदूत समाचारदाता---
सर्लाही, माघ ५
२५औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पूर्व–पश्चिमी झण्डा मार्च कार्यक्रम सर्लाही हुँदै अगाडी बढेको छ। कार्यक्रमअन्तर्गत शनिवार पर्सा गाउँपालिका–१ शतिलपुरस्थित मुख्य सीमा स्तम्भ नं. ३१७ (PP–22) मा नेपाल राष्ट्र तथा सशस्त्र प्रहरी बलको झण्डा सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण (हे. क्वा. महोत्तरी)का गणपतिले सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीबाट सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण (हे. क्वा. सर्लाही)का गणपतिलाई हस्तान्तरण गरेका थिए।
झण्डा मार्चको पश्चिम चरणमा सर्लाही जिल्लाको छन्किटोल स्थित सहायक सीमा स्तम्भ नं. ३४१/१ (WP–११) मा माघ ४ गते आइतवार रौतहट जिल्लाको नं. ११ गण (हे. क्वा. रौतहट)का गणपतिलाई सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले हस्तान्तरण गरेका थिए।
सर्लाहीको पर्सा गा.पा-१शितलपुरमा भएको कार्यक्रममा गापा अध्यक्ष धिरेन्द्र राय'बिस्पत' , महोत्तरी जिल्लाको सोनमा गापाका अध्यक्ष विशेश्वर प्रसाद यादव, पर्सा गापा–१ का वडा अध्यक्ष सतेन्द्र यादव, सशस्त्र सीमा बल (SSB) 51 BN "F" COY का इन्स्पेक्टर राहुल, साथै पत्रकार र स्थानीय नागरिकको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल, नेपालको झण्डा मार्चले नेपाल–भारत खुल्ला सीमामा सीमा सुरक्षा, सतर्कता र उपस्थितिको महत्वलाई जनाउने मात्र नभई, सीमावर्ती क्षेत्रका नागरिक, स्थानीय तह तथा सरोकारवालासँगको जनसम्पर्क, विश्वास र सहकार्य अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, बलको २५ वर्षे गौरवमय इतिहास, बलिदान र प्रतिबद्धताको सन्देश प्रवाह हुने तथा राष्ट्रप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउने उद्देश्य रहेको जनाइएको छ।
No comments:
Post a Comment