Translate

Sunday, January 18, 2026

मलंगवामा रास्वपा को वृहद् पार्टी प्रवेश तथा वडा तदर्थ समिति गठन

 



मधेशदूत समाचारदाता---
सर्लाही,माघ ४

  शनिबार मलंगवा नगरपालिका वडा नं. ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वृहद् पार्टी प्रवेश तथा वडा तदर्थ समिति गठन कार्यक्रम सम्पन्न भएको छ।
    राष्ट्रिय स्वतन्त्र पार्टी मलंगवा नगरपालिकाका सभापति रिसेन रायको अध्यक्षतामा सम्पन्न वडा स्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी दर्जनौँ व्यक्तिहरू रास्वपामा प्रवेश गरेका छन्। सोही कार्यक्रमबाट दिलिप कुमार झाको नेतृत्वमा मलंगवा नगरपालिका वडा नं. १० को ३२ सदस्यीय वडा तदर्थ समिति गठन गरिएको छ, जसमा झा वडा सभापति चयन भएका छन्।
   कार्यक्रममा बोल्दै पार्टीका नेताहरूले मलंगवा नगरपालिकालाई पूर्ण रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमय बनाउने अभियान निरन्तर जारी रहेको बताएका छन्। उनीहरूले “मधेसको आवाज, मधेसको नेतृत्व र मधेसी प्रधानमन्त्रीलाई एकपटक अवसर दिनु आवश्यक छ” भन्ने धारणा व्यक्त गर्दै त्यसका लागि सबैलाई एकजुट हुन आह्वान गरे।
  कार्यक्रममा सहभागी वक्ताहरूले परिवर्तनको यात्रामा साथ दिन र रास्वपालाई अझ बलियो बनाउन आम नागरिकलाई हार्दिक अपिलसमेत गरेका छन्।

No comments:

Post a Comment