दलित तथा सीमान्तकृत समुदायको सम्मानमा माघ आइतबार मधेश प्रदेशमा सार्वजनिक बिदा
मधेशदूत समाचारदाता---
सर्लाही, माघ १६
मधेश प्रदेश सरकारले रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रवारको निर्णयअनुसार मधेश प्रदेशलगायत देशभरका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्तीको अवसरमा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।
उक्त निर्णयअनुसार मिति माघ १८ गते आइतबार मधेश प्रदेशभर सार्वजनिक बिदा रहनेछ। सो दिन प्रदेशभित्रका सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था लगायतमा बिदा लागू हुने मन्त्रालयले स्पष्ट पारेको छ।
प्रदेश सरकारले दलित तथा सीमान्तकृत समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानको सम्मान गर्दै यो निर्णय गरेको जनाएको छ।
No comments:
Post a Comment