Translate

Saturday, January 31, 2026

मलंगवामा RHEA कार्यक्रमको आन्तरिक समीक्षा तथा क्रस लर्निङ वर्कशप सुरु

 


मधेशदूत समाचारदाता---
सर्लाही, माघ १८

   Reproductive Health and Rights for Accelerating Impacts (RHEA) कार्यक्रमको आन्तरिक समीक्षा तथा क्रस लर्निङ वर्कशप शनिबारदेखि  सर्लाहीको मलंगवामा सुरु भएको छ। रोयल नर्बेजियन एम्बेसी, नेपालको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA), आसमान नेपालको सहकार्यमा सञ्चालित उक्त वर्कशप  आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ।
     सर्लाहीका गोडेता नगरपालिका, बसबरिया, विष्णु र कौडेना गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) को क्षेत्रमा सञ्चालन भइरहेको RHEA परियोजनाको प्रगति, सिकाइ र चुनौतीमाथि समीक्षा तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले वर्कशप आयोजना गरिएको हो।
    कार्यक्रमले महिला, किशोर–किशोरी, युवा, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, मुस्लिम, दलित तथा पछाडि पारिएका समुदायको यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्दै आएको जनाइएको छ। सन् २०२२ डिसेम्बरदेखि सुरु भएको परियोजना सन् २०२५ डिसेम्बरसम्मका लागि तय भए पनि हाल मार्च २०२६ सम्म विस्तार गरिएको छ।
   तीन परिणाम क्षेत्रमा केन्द्रित परियोजना
RHEA परियोजना सुशासन, सेवा प्रवाह र सचेतना गरी तीन मुख्य परिणाम क्षेत्रमा आधारित छ। 
परिणाम १ सुशासन अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी नीति, कानुन, वित्तीय व्यवस्था र जवाफदेहितामा सहयोग पुर्‍याइएको छ। परिणाम २ सेवा प्रवाह अन्तर्गत अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य सूचना र सेवाको आपूर्ति प्रणाली सुदृढ बनाइएको छ भने परिणाम ३ सचेतना अन्तर्गत लक्षित वर्गलाई सेवा माग गर्न सशक्त बनाउने कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
    नीति, सेवा र सचेतनामा देखिएको प्रगति कार्यक्रममा २०२५ सम्म परिणाम–१ अन्तर्गत विभिन्न स्वास्थ्य तथा जेसी नीति निर्माण भई कार्यान्वयनमा आएको, विपद् अवस्थामा प्रजनन स्वास्थ्य सेवासम्बन्धी योजना बनेको तथा स्थानीय तहको योजना निर्माण क्षमता अभिवृद्धि भएको जानकारी दिइयो।
   परिणाम–२ अन्तर्गत नर्स तथा स्वास्थ्यकर्मीलाई Implant, IUCD, VIA, HPV DNA, Medical Abortion, ASRH, MISP, ELMIS, Simulation Lab सञ्चालन, Thermal Ablation, Digital Communication, LGBTIQA+ लगायतका तालिम प्रदान गरिएको उल्लेख गरियो।
   त्यसैगरी परिणाम–३ अन्तर्गत विद्यालयस्तरमा CSE तालिम, AFIC सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविका (FCHV) मार्फत समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइयो।


   शनिवारदेखि  सुरु भएको वर्कशपमा मधेश प्रदेश अन्तर्गत सर्लाहीको गोडैता नगरपालिका तथा बसबरिया,विष्णु र कौडेना गाउँपालिका र रौतहटको गौर ,राजपुर र ईशानाथ नगरपालिका तथा यमुनामाई  गाउँपालिकामा भएका RHEA गतिविधि, प्रगति र सफल अभ्यास प्रस्तुत गरिएका छन्। साथै स्वास्थ्य कार्यालय सर्लाही र रौतहट तथा  प्रादेशिक अस्पताल मलंगवा र गौरले पनि अस्पतालस्तरमा भएका उपलब्धि र अनुभव साझा गरेका छन्।
   कार्यक्रममा सहभागीहरूले परियोजनाले सबै वडा, स्वास्थ्य संस्था र विद्यालय समेट्न नसक्नु, आवश्यक जनशक्ति तथा उपकरण अभाव जस्ता चुनौती औंल्याउँदै प्राप्त उपलब्धि दिगो बनाउन परियोजनालाई थप १–२ वर्ष विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। वर्कशपबाट प्राप्त सुझाव र सिकाइलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा उपयोग गरिने UNFPA Nepal का कार्यक्रम संयोजक बच्चालाल महतोले जनाएको छ। 
    मलंगवा स्थित महेन्द्र होटलमा संचालन भइरहेको कार्यक्रममा आसमान नेपालका संजय यादव,सर्लाही र रौतहटका आठवटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरु , आयोजक संस्थाका पदाधिकारीहरु लगायत पत्रकारहरु सहभागी भएका छन् ।


No comments:

Post a Comment