उखु बोकेको ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु
मधेशदूत समाचारदाता
सर्लाही, माघ १६
सर्लाहीको गोडैता नगरपालिका–४, रहुवा स्थित हुलाकी सडक खण्डमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक ट्रयाक्टर चालकको मृत्यु भएको छ। दुर्घटनामा रौतहट जिल्लाको राजदेवी नगरपालिका–६, मोहनपुर निवासी महेश पटेलका छोरा अन्दाजी ३० वर्षका राजु पटेलको ज्यान गएको हो।
प्रहरीका अनुसार गडहियाबाट बगदहतर्फ जाँदै गरेको म.प्र.०३–००१ त ७९०५ नम्बरको उखु लोड गरिएको ट्रयाक्टर ब्रेक लगाउने क्रममा ट्रलीमा राखिएको उखु अचानक खसेर चालकलाई थिचेको थियो। गम्भीर घाइते भएका पटेललाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि साँझ करिब ५:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्रयाक्टर घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी कार्यालयमा ल्याउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईले जानकारी दिए।
No comments:
Post a Comment