Translate

Thursday, January 22, 2026

मलंगवा स्थित शिवसागर चौकबाट ७ किलो भन्दा बढी गाँजासहित दुई जना पक्राउ

 


मधेशदूत समाचारदाता---
सर्लाही,माघ ८ 

    सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका–७ अन्तर्गत गणेशिया चोकदेखि शिवसागर चोकसम्मको सडक खण्डमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १२:०० बजे सवारी साधन तथा पैदल यात्रुहरूलाई रोकी चेकजाँच गर्ने क्रममा सुखचैना हुँदै शिवसागर चोकतर्फ आउँदै गरेको BR 06 AB 2729 नम्बरको होन्डा सिबी साइन (HONDA CB SHINE) मोटरसाइकललाई रोकेर
 मोटरसाइकल चालक जिल्लाको कौडेना गाउँपालिका–१ निवासी दिलिप मण्डलका १९ वर्षीय छोरा निलेश मण्डल र मोटरसाइकलको पछाडि सवार चक्रघट्टा गाउँपालिका–३ निवासी शेख इजराईलका ३२ वर्षीय छोरा शेष मोफिजको शरीर तथा मोटरसाइकल खानतलासी गर्दा मोटरसाइकलको सिटमुनि रातो रङको प्लास्टिकमा लुकाईछिपाई राखिएको सिट जतिको साइजको १ पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
   बरामद गरिएको गाँजाको तौल प्लास्टिकसहित ७ किलो ८ सय ग्राम रहेको छ। प्रहरीले गाँजासहित मोटरसाइकल र दुवै व्यक्तिलाई नियन्त्रणमा लिई सम्मानित सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईले घटनाको पुष्टि गर्दै अनुसन्धान कार्य जारी रहेको जानकारी दिएका छन्।

No comments:

Post a Comment