Translate

Thursday, January 22, 2026

धनकौलको अन्नपूर्ण सुगर मिलमा दुर्घटना, १९ वर्षीय मजदुरको मृत्यु



मधेशदूत समाचारदाता---
सर्लाही,माघ ८

    सर्लाहीको धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण सुगर मिल प्रा.लि. भित्र काम गर्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।
   बिहीबार बिहान करिब ८:०० बजे सोही मिलमा कार्यरत मैनाथपुर निवासी बिकाउ रायका १९ वर्षीय छोरा चुनचुन रायको उखुको खुवा बनाउने मेसिनमा अचानक परेर  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
   घटनाबारे बिहान ९:१५ बजे फोनमार्फत जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवा र इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली परिचालन भइ घटनास्थलको विवरण संलग्न गरेका थिए।


No comments:

Post a Comment