मनोज यादव---
सर्लाही,माघ ७
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा कुल १३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरण अनुसार क्षेत्र नं. १ मा २९, क्षेत्र नं. २ मा ३१, क्षेत्र नं. ३ मा ३४ र क्षेत्र नं. ४ मा ३९ जमाले उम्मेदवारी दिएका छन्।
मंगलबार दिनभरजसो मनोनयन दर्ता स्थलमा स्वतन्त्रतर्फ धेरै ‘डमी’ उम्मेदवारहरु मनोनयन पत्र दर्ता गराउन आएका देखिए। खडा गरिएको देखिएको छ। दलगत उम्मेदवारलेनै गाडी–घोडा प्रयोग, प्रचारप्रसार लगायत निर्वाचन आयोगद्वारा प्रदान गरिने सुविधा लिन थप सजिलो बनाउने उद्देश्यले `डमी´ उमेदवार खडा गरिएको बुझिएको छ।
यो चुनावमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका शीर्ष नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र महतो, महिन्द्र राय यादव, डा. अमरेशकुमार सिंह जस्ता राष्ट्रिय चर्चित नेताहरु पनि प्रतिस्पर्धामा छन्। सर्लाही जिल्लाको निर्वाचनबाट आउने नतिजाले देशव्यापी राजनीतिमा ठूलो प्रभाव पार्ने आशंका गरिएको छ।
विशेषज्ञहरूले चुनावी वातावरणमा ‘डमी’ उम्मेदवारको प्रयोगले मत वितरणमा प्रभाव पार्न सक्ने बताए, जसले मुख्य नेताहरूको वास्तविक लोकप्रियता झन् रोचक बनाउनेछ।
No comments:
Post a Comment