मलंगवा जुनियर जेसीजमा १८ वर्ष पछि पुनः महिला अध्यक्ष, सबै पदाधिकारी निर्विरोध
मधेशदूत समाचारदाता---
सर्लाही,माघ ७
मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया पूर्ण रूपमा सहमतिमूलक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। आपसी समझदारी र एकताको उदाहरण प्रस्तुत गर्दै संस्थाका सबै पदाधिकारीहरू निर्विरोध चयन भएका छन्।
यस निर्वाचनमार्फत जु. जेसी रितिका मिश्र मलंगवा जुनियर जेसीजमा १८ वर्ष पछि पुनः महिला अध्यक्षमा चयन भएकी छिन् ।
महिला नेतृत्वको यो पहिलो उपलब्धिलाई संस्थाका लागि नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ। यसले युवामाझ लैङ्गिक समानता, समावेशी नेतृत्व र सकारात्मक सोचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
कार्यकारी उपाध्यक्ष पदमा जु. जेसी कृष्ण मोहन सिंह र जु. जेसी शिवम साह चयन भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा जु. जेसी आदर्श यादव, जु. जेसी अपूर्व रञ्जितकार, जु. जेसी खुशी झा तथा जु. जेसी जुली कर्ण निर्विरोध चयन भएका छन्।
नवगठित कार्यसमितिले संस्थालाई थप सशक्त र प्रभावकारी बनाउँदै समाजसेवा, नेतृत्व विकास तथा युवा सशक्तिकरणका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मंगलबार मलंगवा स्थित बाल मन्दिरमा सम्पन्न निर्वाचन कार्यक्रममा संस्थापक अध्यक्ष जेसी सुबोध हरि राजोपाध्याय, पूर्व अध्यक्ष जेसी प्रिन्स गुप्ता तथा निर्वाचन अधिकृतका रूपमा पूर्व अध्यक्ष जेसी शिव शंकर जयसवालको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सबै पद निर्विरोध चयन हुनु संस्थाभित्रको एकता, परिपक्वता र सहकार्यको सकारात्मक सन्देश भएको बताएका छन् ।
No comments:
Post a Comment